लुम्बिनीले जित्यो नेपाल टी–२० लिगको उपाधि
काठमाडाैं | पुस २७, २०७९
काठमाडौं । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।
विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए ।अर्का ओपनर गौरान्सु शर्मा ४ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल पहिलो बलमै आउट भए । हुसेन तलात ८ बलमा १३ रनमा रन आउट भए । पृथु बास्कोटाले २९ बल खेल्दै ३१ रन बनाए ।
बलिङमा लुम्बिनीका सागर ढकाल र हर्मित सिंहले समान २–२ विकेट लिए । विपुल शर्मा र किशोर महतोले १ –१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९।२ ओभरमा अलआउट भएको थियो । सुरुवात राम्रो गरे पनि मध्यक्रममा ब्याटरहरुको प्रदर्शन अपेक्षाअनुसारको नहुँदा लुम्बिनी १३३ रनको कमजोर योगफलमा सिमित भयो ।
ओपनरहरु हरमित सिंह र लाहिरु मिलन्थाले ६४ रनको साझेदारी गर्दै सानदार सुरुवात गरेका थिए । हरमित ३० र लाहिरु ४१ रनमा आउट भए । कप्तान दिपेन्द्र सिंह ऐरी २० र इशान पाण्डले १८ रन बनाउँदा बाँकी कसैले पनि दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
६ जना बलर प्रयोग गरेको विराटनगरका सबैले विकेट लिए । नन्दन यादव र राज ननन्ले २–२ विकेट लिए । हुसेन तलात, केन जोसेफ, सूर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । सूर्यले ४ ओभर बलिङ गर्दा मात्र ८ रन दिए ।
प्रतियोगितामा १२ खेलमा २ हार ब्यहोरेको लुम्बिनी च्याम्पियन बन्यो । लिगमा १० मध्ये ८ जितसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरी फाइनलमा पुगेको हो ।
उपविजेता बनेको विराटनगरले भने इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराएर दोस्रो क्वालिफायरमा जनकपुरलाई पराजित गरी फाइनलमा पुगेको हो ।
उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ ।
लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...
पोखरा: होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रमम...
काठमाडौँ: नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...

